‘बिग बोस’को सेटमा आगलागी, निभाउने प्रयास जारी

बिग बोस’को सेटमा आगलागी, निभाउने प्रयास जारी

बलिउड अभिनेता सलमान खानले सञ्चालन गर्ने टीभी रियालिटी शो ‘बिग बोस’मा आगलागी भएको खबर छ । अनलाइन अमरउजालाका अनुसार ‘बिग बोस’को सेटमा आगलागी भएपछि ४ वटा दमकल घटनास्थलमा पुगेको बताइएको छ।

बिग बोसको सेटमा आगो कहाँबाट सुरु भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। हालसम्म कुनै हताहतको खबर आएको छैन। दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।

‘बिग बोस’को १५ औं सिजनको फाइनल भर्खरै सकिएको थियाे। यस फिनालेको भव्य प्रिमियर भएको थियो, जसमा बिग बोस १५ का सबै प्रतियोगीले भाग लिएका थिए। ‘बिग बोस’को सेटमा आगलागी भएपछि धेरै अन्योल भएको छ। दमकलले घटनास्थल पुगेर आगो निभाउन थालेको छ।

‘बिग बोस १५’ को बारेमा कुरा गर्दा यसमा करण कुन्द्रा, सिम्बा नागपाल, निशान्त भट्ट, शमिता शेट्टी, रश्मी देसाई र तेजस्वी प्रकाशजस्ता सेलिब्रेटी सहभागी भएका थिए। शोमा तीन महिनाभन्दा बढी समय बिताएपछि तेजस्वी प्रकाशले बिग बोसको उपाधि जितिन्।

साथै उनले एकता कपुरको लोकप्रिय ‘नागिन ६’ को नयाँ सिजनमा मुख्य भूमिका निर्वाह गर्ने मौका पनि पाइन्।

Leave a comment

Your email address will not be published.