सीईओ क्लब ग्लोबल र कतार एयरवेजबीच यात्रामा छुट दिने सम्झौता

सीईओ क्लब ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।

सोमबार सिईओ क्लब ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै सीईओ क्लब ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका हुन्।

त्यस्तै कतार एयरवेजले पनि सीईओ क्लब ग्लोबलका सदस्य रहेका नेपालका उत्कृष्ट यात्रीहरुलाई सेवा दिन पाउने जनाइएको छ।

सम्झौतापत्रमा सीईओ क्लब नेपाल च्याप्टरका तर्फबाट डा. शम्भु पोखरेल र कतार एयरवेजका तर्फबाट सरिक बोगटीले हस्ताक्षर गरेका हुन्।

सम्झौतापत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा बोल्दै सीईओ क्लब ग्लोबल नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत डा. शम्भु पोखरेलले सम्झौता भएसँगै क्लवका नेपालभित्रका सदस्यहरुले मात्रै गन्तव्यसम्म पुग्नका लागि सो सुविधा पाउने बताए।

सीईओ क्लब ग्लोबल अमेरिकाको न्युयोर्कमा मुख्य कार्यालय रहेको संस्था हो। यस संस्थाको १०० भन्दा बढी देशमा नेटवर्क रहेको जनाइएको छ। निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरु, कूटनीतिक नियोगका प्रमुखहरु, उच्च सरकारी ओहोदाका व्यक्तिहरु सदस्य रहने यस क्लवमा विश्वभर १० हजारभन्दा बढी सदस्य रहेको बताइएको छ।

Leave a comment

Your email address will not be published.