फुटबलर मनिष डाँगी डिस्चार्ज

काठमाडौं । फुटबलर मनिष डाँगी अस्पतालबाट डिस्चार्ज भएका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत गएकाे शनिवार च्यासल युथ क्लबसँगको खेलमा उनी घाइते भएका छन् । त्याे खेलमा च्यासलका खेलाडीसँग मनिषको टाउको ठोक्किएको थियो ।

खेलको ६६ औँ मिनेटमा मैदानमै बेहोस भएका मनिषलाई त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा लगेर उपचार थालिएको थियो । आज मनिष उपचार सकेर डिस्चार्ज भएको मच्छिन्द्र फुटबल क्लबले जनाएको छ । मनिषको स्वास्थ्य अवस्था सामान्य रहेको तर उनी कहिलेदेखि मैदान फर्कन्छन् भन्ने विषय भने अहिले भन्न नसकिने क्लबले जनाएको छ ।

थप यो पनि

९ करोड डलरमा फेसबुकले सुल्झायो मुद्दा

अमेरिकी कम्पनी मेटाको सामाजिक सञ्जाल फेसबुकले ९ करोड अमेरिकी डलरमा अदालतमा विचाराधीन मुद्दा सुल्झाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार एक दशकभन्दा लामो समयदेखि अमेरिकाको क्यालिफोर्नियास्थित एक अदालतमा चलिरहेको गोपनीयतासम्बन्धी मुद्दा उसले सुल्झाएको हो। फेसबुकले प्रयोगकर्ताले लगआउट गरेपछि पनि मानिसहरुले इन्टरनेटको गतिविधि नियालिरहेको आरोपमा मुद्दा चलाइएको थियो।

सोमबार राति फेसबुक यो मुद्दा सुल्झाउन ९ करोड डलर बुझाउन सहमत भएको हो। यद्यपि यो सम्झौता कार्यान्वयनको लागि भने न्यायाधीशको अनुमति आवश्यक पर्छ।

प्रयोगकर्ताले फेसबुकले निरन्तर अमेरिकाको स्थानीय गोपनीयताको कानुन उल्लंघन गर्दै आएको आरोप लगाउँदै आएका छन्।

फेसबुकको यो मुद्दा सन् २०१७ मा खारेज गरिएपछि सन् २०२० को अप्रिलमा पुनः ब्यूँताइएको थियो।

Leave a comment

Your email address will not be published.