कलाकार दीपकराज गिरी सामाजिक सञ्जालमा आफ्ना विचार अभिव्यक्त गरिरहेका हुन्छन्।
प्रायः समसामयिक विषयमा व्यङ्ग्य गर्ने गिरी कहिलेकाहीँ भावुक रुपमा पनि प्रस्तुत हुने गरेका छन्। पछिल्लो पटक उनले एमसीसीका कारण सरकार संकटमा परेको भन्दै कटाक्ष गरेका छन्।
गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ जुन देशको जनता संकटमा हुन्छ त्यो देशको सरकार ले बचाउँछ।’ उनले अगाडि प्रश्न गरेका छन्, ‘तर जुन देशको सरकार नै सधै संकटमा हुन्छ, त्यो देशको जनता लाइ कस्ले बचाउँछ ?’
उनले लेखेको यो स्टाटसमा धेरैखाले कमेन्ट आएका छन्। कतिले अब नेपालीले मिलेर देश पहिला बचाउनु पर्ने सुझाव दिएका छन्।
केही सामाजिक सञ्जालका प्रयोगकर्ताले गिरीलाई महानायक भनेर व्यङ्ग्य गरेका छन्। धेरैले उनको स्टाटसको समर्थन गरेका छन्।