चर्चित गायिका टिका सानु र शान्ती श्री परियारको यो गीत हेरेर नरुने को होलार ? (भिडियो सहित )

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् ।

त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसैविच चर्चित दोहोरी गायक प्रदिप त्रिपाठीको आवाजमा रहेको नया दोहोरी गित ‘बाचे आऊला फर्केर’ सार्वजनिक भएको छ ।

पछिल्लो समय अत्यन्तै चर्चामा रहेकी दोहोरी गायिका टिका सानुको उत्कृष्ट शब्द सृर्जना रहेको गितमा गायक प्रदिप त्रिपाठी र पछिल्लो समयकी लोकप्रिय गायिका शान्ति श्री परियारको आवाजमा सजिएको छ ।

गायक त्रिपाठीको लय रचना रहेको गितमा संजिव न्यौपाने ‘समर’को थेगो संकलन रहेको छ । घरमा बस्दा आभावै आभा व परदेशी हुदा सबैको दवावै दवावमा बाच्नुपर्ने यथार्थ कहानी गितमा दर्शाईएको छ ।

कपिल लामाको निकै उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा संजिव न्यौपाने’समर’ , साया भण्डारीको मनछुने अभिनय रहेको छ ।

समर कृयशनको प्रस्तुतिमा रहेको गितको म्युजिक भिडियोमा विपिन चौलागाईको छांयाकन एवम् शिव पौडेलको सम्पादन रहेको छ ।

भिडियो अत्यन्तै मार्मिक बनेको छ, गितका प्रत्येक शब्दले मन पोल्छ, भिडियोका प्रत्येक सिनले निकै भावुक वनाऊछ ।

उक्त गितको म्युजिक भिडियोसन्जीव न्यौपानेको अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गित सार्वजनिक भएको छोटो समयमा नै युटुवमा निकै राम्रो राम्रो प्रतिकृया आएको गायकले बताऊनु भएको छ ।

Leave a comment

Your email address will not be published.