विश्वकप छनोटमा आज ओमानको सामना गर्दै नेपाल

आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गतको खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दै छ।

ओमानको अल अमिरात मैदानमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे उक्त खेल सुरु हुनेछ।

नेपालले विश्वकप छनोटको तयारीको रुपमा खेलिएको चार देशीय सिरिजमा भने ओमानलाई हराएको थियो।

ओमान र नेपाललाई ग्रुप बी बाट सेमिफाइनलमा पुग्ने दुई बलियो दाबोदार टोलीको रुपमा हेरिएको छ।

त्यसैले शुक्रबारको खेलमा जित हात पार्ने टोलीलाई सेमिफाइनलमा पुग्न केही सहज हुने अपेक्षा छ।

टी–२० विश्वकपमा छनोट हुनका लागि फाइनलमा पुग्नुपर्ने हुन्छ। ग्रुप बीका २ र ग्रुप एका २ टोलीले सेमिफाइनल खेल्नेछन्।

नेपालको समूहमा ओमानसहित क्यानडा र फिलिपिन्स छन् भने ग्रुप एमा आयरल्याण्ड, यूएई, जर्मनी र बहराइन छन्।

Leave a comment

Your email address will not be published.