एनआईसी एसिया बैंकद्वारा १० लाखबराबरको घातक रोग बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाखबराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ।

यसअनुसार यस बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चामत्कारिक बचत योजनाअन्तर्गतको ‘डायमण्ड श्रेणी’को खाता खोलेको भीमसेनगोला, काठमाडौं निवासी ३६ वर्षीय श्याम प्रसाद पन्तलाई घातक रोगको उपचार बीमाबापत १० लाख बीमा रकम भुक्तानी गरिएको हो।

पन्तलाई यस बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। उनलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको छ।

यस बैंकको बीमासहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका सात सयभन्दा बढी ग्राहकहरूले बीमाबापत ४ करोड ३० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन्।

बैंकले हाल लिएर आएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणी अन्तर्गत ५ वर्षको लागि खातावाला एवं निजले मनोनीत गरेका ३ अन्य व्यक्तिहरूको प्रतिव्यक्ति २१ लाखसम्मको गरी कुल ८४ लाखसम्मको बीमा फाइदाको व्यवस्था गरिएको जनाएको छ।

साथै, यस निक्षेप योजनाअनुसार ग्राहकहरूले प्राप्त गर्ने ३ बीमासम्बन्धी फाइदाहरू, ३ कर्जासम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई–कमर्स नवीकरण, चेक क्लियरिङ, लकर सेवा, एटिएम लगायत १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक ५ वर्षको लागि पूर्ण रुपमा निःशुल्क रहने व्यवस्था बैंकले गरेको छ।

Leave a comment

Your email address will not be published.