वैदेशिक रोजगारमा जाने श्रमिकका लागि आयो खुशीको खबर

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि आयो खुशीको खबर

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशु ल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरअस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पीसीआर परीक्षण गराउन सक्नेछन् ।

सबै प्रक्रिया पूरा गरिसकेर टिकट लिइसकेको श्रमिकलाई निःशुल्क परीक्षण गर्न थालिएको हो ।

सरकारले पीसीआर परीक्षणको शुल्क रु ८०० तोेकेको छ ।

Leave a comment

Your email address will not be published.