नेपालको स्वाधिनताविरुद्ध नाङ्गो षडयन्त्र भयो : भीम रावल

नेकपा (एमाले) का नेता डा. भीम रावलले नेपालको सार्वभौमिकता माथि नाङ्गो षडयन्त्र भएको बताएका छन्।

आइतबार साँझ प्रतिनिधि सभामा सरकारद्वारा प्रस्तुत एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणाविरुद्ध मतजाहेर गर्दै नेता रावलले यो घटना नेपालको लागि कलंक भएको बताए।

उनले भने, ‘नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डता विरुद्धको प्रावधान कुनै रातमा हल्ला खल्लाबीच पास गरिनेछ भनेको थिएँ। आज त्यही भएको छ।’

नेता रावलले हतार हतारमा कसैको दबाबमा एमसीसी पारित गर्न खोजेर सरकारले जनतामाथि घात गरेको बताए।

‘म अन्तर्राष्ट्रिय कानुनको विद्यार्थी हुँ। दुई पक्षबीचको सम्झौता हो। कसैले घोषणा गर्दैमा मान्य हुँदैन। यो जनतालाई सरासर ठग्ने कुरा हो।’

उनले समय पाएमा आफूले यसमा भएका राष्ट्रघाती प्रावधिान सदनसमक्ष प्रस्तुत गर्ने बताए।

‘आधा घण्टा समय दिनुस्। म प्रधानमन्त्री शेरबहादुर देउवाजीका विद्धानहरुसँग बहस गर्न तयार छु,’ उनले भने,‘ यदी सरकार इमान्दार भएको भए यो भ्रमात्मक घोषणा,जनतालाई ठग्ने घोषणा, जसरी महाकाली प्रस्तुत गरियो, जसरी महाकाली सन्धीमा संकल्प प्रस्ताव गरियो, प्रधानमन्त्री शेरबहादुर देउवाजी कहाँ छ तपाईंको महाकालीको संकल्प प्रस्ताव?’

Leave a comment

Your email address will not be published.