धनुषामा रोकियो ९ किशोरीको बालविवाह

धनुषामा रोकियो ९ किशोरीको बालविवाह

धनुषा प्रहरीले गएको माघयता ९ वटा बाल विवाहको घटना रोकेको छ।

प्राप्त गोप्य सूचनाको आधारमा नौ जना किशोरीलाई बालविवाह गर्नबाट रोकिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

उनका अनुसार विवाह रोकिएका घटनाहरु सबै छोरी तर्फका छन्। १४ देखिमाथि र २० वर्ष पुरा नभएका बालिकाहरुको विवाह रोकिएको डिएसपी बस्नेतले जानकारी दिए।

सबैभन्दा बढी तीनवटा बालविवाह विदेह नगरपालिकामा रोखिएको छ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका, सहिद नगरपालिका, धनुषाधाम नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, सबैला नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकामा १–१ वटा बाल विवाहको घटना रोकिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Leave a comment

Your email address will not be published.