रुसविरुद्ध लड्न स्वदेश फर्किए ८० हजार युक्रेनी नागरिक

रुसले अहिले गरिरहेको आक्रमणको प्रतिकार गर्न युक्रेनका ८० हजार नागरिक स्वदेश फर्किएका छन्।

युक्रेनको गृह मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न कामको सिलसिलामा विदेशमा रहेका ८० हजार नागरिक स्वदेश फर्किएका हुन्।

टेलिग्रामको पोस्टमार्फत मन्त्रालयले दिएको जानकारीअनुसार यसरी फर्किनेमा धेरैजसो पुरुषहरु छन् र उनीहरु सेनामा भर्ती भएका छन्।

त्यस्तै केही मानिसहरु भौगोलिक सुरक्षा बलमा भर्ती भएका छन्। युक्रेनले रुसको सामना गर्न सबै नागरिकलाई हतियार उठाउन आग्रह गरेको छ।

त्यस्तै उसले युद्धमा आफूलाई सहयोग गर्न चाहने विदेशीलाई विना कुनै भिसा मुलुकमा आनुमति दिने उल्लेख गरेको छ।

Leave a comment

Your email address will not be published.