आजबाट बी डिभिजन लिग राैनक, सरस्वती क्लबका बिक्रम बिसुन्खेको सान्दार गोल
सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिगको पहिलो दिन ३ खेलहरु हुने जनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीको प्रतिस्पर्धामा श्री भगवतिले झम्सिखेललाई १ को विरुद्ध ३ गोल गरेर सान्दार जित निकालेको छ साथै दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती क्लबबीचको प्रतिस्पर्धामा बाँसबारीले सुरुको ५ मिनेटमै गोल गरि अग्रता लिएता पनि खेलको २० औ मिनेटमा बिक्रम बिसुन्खेले सान्दार गोल गरि आफनो टिमलाई बराबरिमा ल्याएका थिए साथै सरस्वती क्लब कै सुजन र भुपेन्द्रले गोल गर्दै टिमलाई १ को विरुद्ध ३ गोलको अग्रता दिलाउदै जित निकाल्न सफल बनाए
यस्तै तेस्रो खेलमा विरगंज युनाईटेड र बोइज युनियनबीच खेल भएको छ जस्मा बोईज युनियनले १-० को अन्तरले खेल जित निकाल्न सफल भएको छ। लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् ।
शीर्ष दुई टोली ‘ए’ लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।
यस अघि केही दिन अघि मात्रै ए डिभिजन लिग सम्पन्न भएकाे थियाे ।