ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

चितवनमा ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ। बिहीबार राति भरतपुर महानगरपालिकाको जयनेपाल चोकमा ट्याक्टरको ठक्करबाट प्रहरी नायब निरीक्षक अर्जुन पौडेलको मृत्यु भएको हो।

ना ४ त ८८२९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पौडेल जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा कार्यरत थिए। ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालयल गितानगरले नियन्त्रणमा लिएको छ।

यो पनि

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ।

तेजावी सुनको भाउ पनि प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा पुगेको छ। बिहीबारको तुलनामा चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a comment

Your email address will not be published.