गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल ३ दिने भ्रमणको लागि आज मधेस झर्दै

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीनदिने भ्रमणको लागि आज मधेस प्रधेश आउँदै छन्। मधेस प्रदेश सरकारको निमन्त्रणामा १७ सदस्य प्रतिनिधि टोलिसहित मुख्यमन्त्री पोखरेल आज जनकपुरधाम आउन लागेका हुन्।

आज बिहान १० बजे जनकपुरधाम बिमानस्थलमा ओर्लिएपछि मुख्यमन्त्र पोखरेल सबभन्दा पहिले मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालयमा पुग्ने छन् । उनलाई त्यहाँ मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरुले स्वागत गर्ने कार्यक्रम तय भएको उद्योग वन पर्यटन तथा वातावरण मन्त्री सत्रुधन महतोले जानकारी दिए।

महतोका अनुसार मधेस भवनमा मुख्यमन्त्री पोखरेलसहितको टोलिलाई खाना खुवाइने छ । तत्पश्चात उनले जनकपुर जयनगर रेलको अवलोकन गर्ने छन् । त्यहाँबाट धार्मिक स्थल धनुषाधामको भ्रमण गर्ने कार्यक्रम छ।

साँझ ५ बजे सीतासरण होटेलमा मुख्यमन्त्री पोखरेलको स्वागतमा कार्यक्रम आयोजन गरिएको छ । मुख्यमन्त्री पोखरेललाई आज राति बास बस्ने वन्दोवस्त पनि सीताशरण होटेलमै गरिएको प्रदेश सरकारले जनाएको छ।

आइतबार बिहान जानकी मन्दिरको दर्शन र पूजा अर्चना मुख्यमन्त्री पोखरेलले गर्ने छन् । बिहान १० बजे बर्दिबासमा उनको स्वागतमा कार्यक्रम आयोजन गरिएको छ।

स्वागत कार्यक्रम सकेर मुख्यमन्त्री पोखरेलसहितको टोलि भ्रमणको लागि सर्लाहीको भरत ताल र नुनथर पुग्ने छन्। त्यहाँबाट बाराको गढीमाई मन्दिर दर्शन गरेर पुनः जनकपुर फर्किने छन्।

मुख्यमन्त्री पोखरेलले सोमबार बिहान महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गरेपछि मुख्यमन्त्री पोखरेलेको औपचारिक मधेस प्रदेश भ्रमण सम्पन्न हुने छ।

जलेश्वरबाट बिहान १० जनकपुरधाम विमानस्थल फर्केपछि उनी विमानबाट पोखरा फर्किने कार्यक्रम रहेको मधेस सरकारले जनाएको छ।

Leave a comment

Your email address will not be published.