रात्रिकालीन जीवनकाे सुख लिन परिवारसहित बेलाबेला काठमाडौंको लाजिम्पाटस्थित त्रिसारा रेस्टुरेन्ट गइरहने पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार राति पनि त्यहाँ पुगे।
उनी के पुगेका थिए नारा घन्कियो– ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ!’
रेस्टुरेन्टमा भेला भएकाहरूले त्यस्तो नारा लगाउन थालेपछि पूर्वराजा ज्ञानेन्द्र भने मक्ख परेर हेर्दै थिए।
त्यहाँका मानिस उनीसँग फोटो खिच्न झुम्मिए। उनी शुक्रबार राति १० बजे त्रिसारा पुगेका थिए।
छोरीसहित परिवारका अन्य सदस्य लिएर पुगेका उनी त्यहाँ एक घण्टा बसे।
केही तस्बिर