भिजिट भिसामा नयाँ नियम, गृहले जारी गर्‍यो १८ बुँदे निर्देशन

भिजिट भिसाका नाममा देखिएको विकृति नियन्त्रणका लागि गृह मन्त्रालयले नयाँ नियम ल्याएको छ।

भिजिट भिसाका कारण सिर्जना भएका समस्या समाधानका लागि कार्यदलले गरेको सिफारिस प्रतिवेदन कार्यान्वयनका लागि अध्यागमन विभागले कार्यविधि तयार गरिरहेको गृह मन्त्रालयले जनाएको छ।

कार्यविधि तयार भएर कार्यन्वयन नहुन्जेलसम्म यो निर्देशन अनुसार गर्न गृहले अध्यागमन विभागलाई निर्देशन दिएको हो।

खाडी मुलुकभन्दा बाहिर २ पटक भ्रमण गरेका, २ वर्षभन्दा बढी विदेशमा बसेका, १२ पास गरेका व्यक्तिले मात्रै भिजिट भिसामा जान पाउने भएका छन्।

यस्तै, अंग्रेजी वा सम्बन्धित देशमा बोलिने भाषा जानेका, विदेशमा भएको एकाघरका नातेदारले आमन्त्रण तथा प्रायोजन गरेमा, नियोगले सिफारिस गरेका र सरकारी कामको शिलशिलामा जानेलाई नरोक्न गृहले भनेको छ।

Leave a comment

Your email address will not be published.