सङ्खुवासभा : सङ्खुवासभाको मादी नगर पालिका–६ मा बस दुर्घटनामा मृत्यु हुने १४ जनाकै सनाखत भएको छ । मादी–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनाका मृतक सबैको पहि चान खुलेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उनका छोरा आठ वर्षीय सुदीप घिसिङ, मादी–६ की ३० वर्षीया सीता विक रहेका छन् । सो घटनामा मादी–६ का ३८ वर्षीय इन्द्र अधिकारी, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी पाँच वर्षीया दीक्षा कटुवाल, मादी–५ का ४८ वर्षीय दीपक कुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, ४९ वर्षीय भवानीप्रसाद दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
त्यसैगरी मादी–४ का ३८ वर्षीय आइतबहादुर तामाङ, २८ वर्षीया सविता कार्की, सहचालक उमेश भट्टराई, तेह्रथुमको आँैशीडाँडाका सवारी चालक बिपीन निरौला र मादी–४ का ६० वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।
उनिहरु १४ जनाकै घटनास्थलमै मृत्यु भएको थियो । आज बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो ।बस मादी–६ को सात घुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । तीव्रगतिका कारण मादीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीयहरूका अनुसार गाडीका धनी निरौला नियमित चालक थिएनन्। लाइसेन्स भएता पनि उनले कहिले काहीँ मात्र गाडी चलाउथे। उनी बुधबार बेलुका गाडी चलाएर मादी पुगेका थिए।
नियमित चलाउने चालक बिरामी भएर छुट्टीमा बसेको बेला निरौलाले हिजो गाडी ल्याएको, आज बिहान यात्रु लि,,एर फर्किएको बुझिएको छ। बसका कन्डक्टर २४ वर्षीय सुवास तामाङ थिए। उनी संखुवासभा मादी नगरपालिका-४ का हुन्। बसका स्टाफमध्ये तामाङ मात्रै जीवित छन्।
संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार तामाङले चालकले यत्ति मात्रै भनेको सुने- भाग्। गाडी यति तीव्र गतिमा थियो कि कोही पनि निस्किनै पाएनन्। तामाङ गाडीले एक बल्ड्याङ मारेपछि गाडीबाट निस्केका थिए।
‘पहिलो बल्डयाङ खाँदा म निस्किन सकें, अरू कोही पनि निस्किन भ्याएनन्,’ तामाङको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘गाडीले तीन-चार बल्ड्याङ खायो।’ पहिलो बल्ड्याङ खाँदा गाडीबाट झर्न सकेकाहरू बाँचेको हुनसक्ने अनुमान गरिएको सुवेदीले बताए।
घाइतेलाई थप उपचारका लागि धरान लगियो बस दुर्घटनाका घाइते पाँच जनालाई हेलिकप्ट रबाट थप उप चारका लागि धरान लगिएको छ । घाइते पाँच जनालाई नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगि एको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनु भयो ।
घा,इते डम्बरबहादुर कार्की, करिष्मा तामाङ, तुलसा कटुवाल, सुवास तामाङ र युवा पोख्रेल लाई नेपाली सेनाको हेलिकप्ट रबाट उपचारका लागि धरान लगिएको छ ।