वैदेशिक शिक्षा सहज बनाउन ‘मोबाइल एप’

सर्च एजुकेशन नेपालले विद्यार्थीका लागि ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ।

यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विद्युतीय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको संस्थाले जनाएको छ।

यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा सर्चएजुकेसनडटकम मार्फत उपलब्ध हुनेछ। यस एपले विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययानका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउने जनाइएको छ।

यस एपको प्रयोगले विद्यार्थीलाई कोर्सहरू खोजी गर्न, कोर्सहरू तुलना गर्न, कोर्सहरूको लागि आवेदन दिन, विशेषज्ञ काउन्सलरद्वारा सहायता प्राप्त गर्न सकिने लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ।

सर्च एजुकेसनले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत, आयरल्याण्ड र न्युजिल्यान्ड जस्ता देशहरूमा पढ्ने सपना पूरा गर्न सक्रिय रूपमा मद्दत गर्दै आएको बताएको छ।

Leave a comment

Your email address will not be published.