फागु पूर्णिमाको अवसरमा एनसेलले ल्यायो यस्ता अफर

एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरू ल्याएको छ।

यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोलुम बढाएको जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले अब करसहित मात्र रु १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रति दिन ७ दिन सम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन्। त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र रु १९९ मा लिएर ७ दिन सम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन्।

यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकहरूमा डेटा भोलुम पनि बढाएको छ। यस अन्तर्गत ग्राहकहरुले पहिले कै मुल्यमा थप भोलुम सहितको डेटा प्याकबाट फाइदा लिन सक्छन्।

भोलुम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले मात्र रु १६९ मा १०.५ जीबी डेटा खरिद गरि दैनिक १.५ जीबी डेटा ७ दिन सम्म प्रयोग गर्न सक्छन्।

पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीको दरले ७ दिन सम्म कुल ७ जीबी पाइरहेका थिए।

अलि धेरै डेटा भोलुम चाहिने ग्राहकले अब मात्र रु २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीको दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन्। यस अघि ग्राहकले सोहि मुल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीको दरले ७ दिन सम्म पाइरहेका थिए।

त्यसैगरि एनसेलका ग्राहकले अब मात्र रु ५९९ मा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्छन्।

यी नयाँ तथा परिमार्जित प्याकहरू बुधबार (चैत्र २) बाट सञ्चालनमा ल्याइएका हुन्। प्रिपेड ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन्।

त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरू खरिद गर्न सक्छन्।

दैनिक जीबी डेटा प्याक अन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याकहरू र थप गरिएका डेटा भोलुमहरुले ग्राहकहरुलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।

Leave a comment

Your email address will not be published.