गैंडाबाट बच्न पोखरीमा हामफाल्दा सेनाको मृत्यु

चितवनमा दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ। गैँडाको आक्रमणबाट बच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो।

निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए। घटना बुधबार साँझ ७ः४५ बजेको हो।

थप यो पनि

होलिका दुई दिन जनकपुरमा मासु तथा मदिरा निषेध

मधेस प्रदेशको राजधानी जनकपुरधाममा होलीको बेला मासु तथा मदिराको विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार विज्ञप्ति जारी गर्दै चैत ३ र चैत ४ गते सूर्योदयदेखि सूर्यास्तसम्मका लागि जनकपुरधाम क्षेत्रमा मासु तथा मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जानकारी दिएको हो।

मिथिला मध्यमा परिक्रमाका क्रममा दुई दिनसम्म जनकपुरधाममा मासु तथा मदिराको विक्री वितरण र सेवनमा निषेध गरिएको हो।
आज परिक्रमावासीहरु जनकपुरधाम फर्कने र चैत ४ मा अन्तः गृह परिक्रमा हुने परम्परा छ।

होली पर्व मनाउने नाममा जथाभावी रङ दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रङ लगाउने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्नेजस्ता कार्य नगर्न पनि धनुषा प्रशासनले सचेत गराएको छ।

Leave a comment

Your email address will not be published.