होलीका नाममा जथाभावी गरे तत्काल पक्राउ गरी कारबाही

काठमाडौं उपत्यकाका काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले होली पर्वका नाममा जथाभावी गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गरिने बताएका छन्।

भक्तपुर जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपिल जारी गर्दै इच्छाविपरीत कसैलाई फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गरे कारबाही गरिने चेतावनी दिएको हो।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी सूचनामा कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न सचेत गराइएको छ। यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उनले बताएका छन्।

सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गरिएको छ। ऐतिहासिक जिल्ला भक्तपुरमा होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गरी सभ्य, भव्य तथा सुसंस्कृत रूपमा मनाउन भक्तपुर जिल्ला प्रशासन कार्यालयले आह्वान गरेको छ।

हेर्नुहोस् काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना–

Leave a comment

Your email address will not be published.