सेलेब्रेटीले यसरी मनाए होली (तस्बिरहरू)

आज नेपालको पहाडी भेगमा फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ।

कोरोनाभाइरसका कारण दुई वर्षदेखि विभिन्न प्रतिबन्धबीच मनाइएको होली यसपालि धुमधामका साथ मनाइँदैछ।

काठमाडौंसहित विभिन्न सहरमा होली खेल्नेहरूको भीड छ। काठमाडौंको बसन्तपुरलगायत विभिन्न ठाउँमा होली कार्यक्रम आयोजना गरी होली मनाइएको छ।

यसैगरी यसपालि कलाकारहरूले पनि होली उत्साहपूर्वक मनाएका छन्।

उनीहरूले सामाजिक सञ्जालमा तस्बिरहरू पोस्ट गर्दै होलीको शुभकामना समेत दिएका छन्।

कोही कलाकारहरूले परिवारसँग होली मनाएका छन् भने कोहीले साथीभाइसँग मनाएका छन्।

कलाकारहरू मदनकृष्ण श्रेष्ठ, श्वेता खड्का, पूजा शर्मा, प्रियंका कार्की, आयुषमान देशराज, रेखा थापा, दिपकराज गिरी, वर्षा सिवाकोटी लगायतले होली मनाएको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्।

हेर्नुस् तस्बिरहरू:

Leave a comment

Your email address will not be published.