धनुषाबाट १० किलो गाँजासहित एक युवक पक्राउ

धनुषाबाट १० किलो प्रतिबन्धित गाँजासहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका १३ किरतपुर बस्ने ३२ वर्षीय सन्तोष कुमार यादव रहेका छन् ।

बिहीबार बिहान साढे ११ बजे शहीदनगर नगरपालिका वडा नं ३ यदुकूहाबाट उनलाई इलाका प्रहरी कार्यालय यदुकूहाको टोलीले पक्राउ गरेको हो ।

सवारी साधन तथा पैदल यात्रीलाई रोकेर चेकजाँच गरिरहेको अवस्थामा यदुकूहा बजार तर्फबाट प्रदेश नं २-०२-००४ प ११४७ नम्बरको मोटरसाइकलमा पछाडि बोरामा लैजाँदै गरेको ९ किलो ७ सय ग्राम गाँजासहित उनलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका यादवको साथबाट ६३ हजार रुपैयाँ नेपाली समेत बरामद भएको छ ।

पक्राउ परेका यादवमाथि लागूऔषध मुद्दामा धनुषा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a comment

Your email address will not be published.