कोरियामा मार्च २१ बाट यस्तो नियम लागू हुने,,

भोलि अर्थात मार्च २१ बाट कोरियामा लागू हुने:

व्यक्तिगत भेटघाटमा अब ८ जनासम्म जम्मा हुन पाईने, यसअघि ६ जनासम्म मात्रै पाइन्थ्यो।

१२ देखि १७ बर्ष उमेरका लाई कोरोनाको तेस्रो अर्थात बुस्टर खोप लगाउन सुरु गरिनेत्यसैगरी आधारभुत खोप लगाएकाले विदेशबाट कोरिया प्रवेश गर्दा अब क्वारेन्टिन बस्नु नपर्ने। यसअघि खोप लगाएका वा नलगाएका सबैले अनिवार्य रुपमा ७ दिन क्वारेन्टिन बस्नै पर्दथ्यो।

आधारभुत खोप लगाएका भन्नाले कोरोनाको दोश्रो मात्रा (Janssen को हकमा १ डोज) लगाएको १४ दिन कटेको तर १८० दिन ननाघेको। तर तेश्रो डोज लगाइसकेकालाई आधारभुत खोप पूरा भएको मानिने।

कोरियामै खोप लगाएकाहरुको अटोमेटिक खोप रेकर्ड पुष्टि हुने तर विदेशमा लगाएकाहरुले खोप लगाएको सर्टिफिकेट पेश गर्नुपर्ने।यदि मार्च २१ भन्दा अघि कोरिया प्रवेश गरेर क्वारेन्टिनमा बसिरहनुभएको छ भने मार्च २१ बाट बस्नु नपर्ने।- सन्तोष न्यौपाने

Leave a comment

Your email address will not be published.