प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–२ गोकर्णेश्वर बस्ने वर्ष ३६ का नवराज धिमाल रहेका छन्।
धिमालले प्राइम बैंक लिमिटेड, बागबजार, काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभए
जानि–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको प्रहरीले जनाएको छ।
उच्च अदालत पाटनबाट असोज १८ मा प्रतिवादी नवराज धिमाललाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा २० लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद हुने ठहर भएकोमा फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो।