फेसबुक र इन्स्टाग्राममाथि रुसले लगायो प्रतिबन्ध, ‘उग्रवादी विचार’को प्रचार गरेको आरोप

रुसकाे एक अदालतले फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएकाे छ । राजधानी मस्कोस्थित अदालतले सामाजिक सञ्जालका यी दुई माध्यमलाई ‘उग्रवादी’ घोषित गर्दै रुसभित्र प्रयोगमा रोक लगाएको द गार्जेनले लेखेकाे छ ।

स्थानीय अधिकारीहरूले फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाउन माग गरेका थिए । यी माध्यमले रुसविरुद्धका अतिवादी विचारहरूलाई प्रचारप्रसार गरिरहेकाे उनीहरूकाे आराेप थियाे ।

रुसकाे गुप्तचर संस्थाले पनि सोसल मिडिया प्लेटफर्मकाे बढ्ता प्रयाेग रुसी सेनाविरुद्धकाे प्रचारमा भइरहेकाे दाबी गरेकाे थियाे ।

अमेरिकी कम्पनी मेटालेचाहिँ आफूले यूक्रेनका मानिसहरूमाथि कुनैखाले प्रतिबन्ध नलगाउने बताउँदै भ्लादिमिर पुटिनविरुद्ध गरिने पाेस्टहरूलाई प्राेत्साहन गर्ने जनाएकाे थियाे ।

मेटाकाे यसखाले घाेषणापछि रुसकाे मिडिया नियामकले फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएकाे थियाे । मेटाले युक्रेनबाट कसैले रुसविरुद्ध हिंसक सन्देश पाेस्ट गरे पनि त्यसलाई नहटाउने बताएकाे थियाे ।

व्हाट्सएप पनि मेटाकै मेसेजिङ एप हाे तर रुसले यसमाथि भने प्रतिबन्ध लगाएकाे छैन । व्हाट्सएप फेसबुक र इन्स्टाग्रामजति प्रभावकारी नरहेकाे अदालतकाे भनाइ छ ।

रुसले युट्युबमाथि समेत प्रतिबन्ध लगाउने चेतावनी दिएकाे थियाे । युट्युबले समेत रुसी कम्पनी र टिभी च्यानलमाथि खालखाले प्रतिबन्धहरू लगाएकाे छ ।

Leave a comment

Your email address will not be published.