कोरियामा कामदारको चरम अभाव भए पछि कोरियाले फेरी भिजा थप गर्यो, लाखौ बिदेशी कामदारहरु लाभान्वित।

कोरियामा कामदारको चरम अभाव भए पछि फेरी थपियो भिजा, लाखौ बिदेशी कामदारहरु लाभान्वित।

दक्षिण कोरियाले सन २०२२ को अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्म ३ बर्ष अथवा ४ बर्ष १० महिना भिजा सकिने इपिएस कामदारहरुको भिजा थप १ बर्ष थप्ने निर्णय गरेको छ।

कोरोनाका कारण कोरियामा कामदार अभाव भइरहेको र कामदार भित्राउन सहज अवस्था नरहेको भन्दै यस अघि पनि २ पटक यस्तै भिजा थप गरिसकिएको छ।

त्यसैगरी यस अघि १ बर्ष भिजा थप पाएकाहरुमा अप्रिल १३ देखि जुन ३० सम्म ४ बर्ष १० महिना वा ३ बर्ष भिजा सकिने इपिएस कामदारहरुले समेत थप ५० दिनको भिजा पाउने भएका छन।

यसरी १ बर्ष भिजा थप हुने निर्णयले ७७ हजार ९४ जना इपिएस कामदार लाभान्वित हुनेछन भने ५० दिन भिजा थपको निर्णयले ५ हजार ६ सय ४४ इपिएस कामदार लाभान्वित हुनेछन।- सन्तोष न्यौपाने

Leave a comment

Your email address will not be published.