गठबन्धन मिलेर लडे मात्रै ओलीलाई हराउन सकिन्छ : माधव नेपाल

sf7df8f}F, @% kmfu'gM PsLs[t ;dfhjfbLsf] s]Gb|Lo sld6L a}7s g]kfn sDo'lgi6 kf6L{ -PsLs[t ;dfhjfbL_sf] /fhwfgLdf a'waf/ a;]sf] s]Gb|Lo sld6Lsf] t];|f] k"0f{ a}7snfO{ ;Daf]wg ub{} cWoIf dfwjs'df/ g]kfn . tl:a/M gjLg kf}8]n÷/f;;

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै गठबन्धन मिलेर चुनावमा प्रतिष्पर्धा गरे मात्रै नेकपा एमालेलाई पराजित गर्न सकिने बताएका छन्।

उनले ओलीको घमण्डलाई चक्नाचुर पार्ने कुरामा नेपाली कांग्रेस पनि सहमत रहेको बताए।बुधवार काठमाडौंमा भएको पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीलाई विदेशीको आड रहेको आरोपसमेत लगाए।

अध्यक्ष नेपालले भने, ‘हामी सबै मिलेर चुनाव लड्ने हो भने केपी ओलीको पार्टीलाई धुलीसाथ हामी गर्न सक्छौँ। त्यो मूल्यांकन हामीले गरेका छौँ। केपी ओलीको घमण्डलाई चक्नाचुर पार्नुपर्छ भन्ने भावना नेपाली कांग्रेसभित्र पनि छ। उनीहरुलाई विदेशीहरुको आड। उनी विदेशीहरुको आडमा फुरफुर गरिरहेका छन्। हामी नेपाली जनताको साथमा अघि बढ्ने हो भने हामी खट्न सक्नुपर्छ।’

यस्तै, नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न पनि कार्यकर्तालाई आग्रह गरे।उनले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताए। अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारीमा उठाउनु पर्ने बताए।

अध्यक्ष नेपालले भने, ‘हामी सबैले ध्यानमा राख्नुपर्ने कुरा के हो भने आफ्नो शक्ति बलियो भयो भने मात्र अरुसँगको तालमेलको कुनै अर्थ रहन्छ। अरुको सहारमा चुनाव जित्ने कुरा नसोच्नूहोस्। हाम्रो शक्तिको जगमा उभिएर नै अरुको सहयोग लिएर जित्ने कुरा सोच्न सकिन्छ। स्थिति कमजोर छ भने अनावश्यक रुपमा दावा गर्ने काम पनि गर्नु हुँदैन। फेस मूल्यांकन गर्नुपर्छ। लोकप्रिय व्यक्ति चाहिन्छ। पार्टीको नीतिहरु दरोसँग अवलम्वन गरेर अघि बढ्ने मान्छे चाहिन्छ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीद्वय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गएको कुरा झुटो भएको दाबी गरे। उनले अध्यक्ष ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताए। अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजाने पनि बताए। उनले केपी ओली झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने आरोप लगाए।

अध्यक्ष नेपालले भने, ‘विरोधीले, केपी ओलीको साइबर स्यालले प्रचार गरेको कुरालाई पत्याएर हो कमरेड भनिरहेका छन्। हैरान। हो को जवाफ दिँदा हैरान। सिधै ती त फटाहाहरु हुन् भनेर जवाफ दिने हो। जसमा कुनै सत्यता छैन। गलत सूचना हो। एक पैसा पनि सत्यता छैन। यस्ता कुराले गर्दा तपाईको हाम्रो दिमाग खराब भएको छ। त्यसैले झुटो कुराको पछाडि जाने होइन।’

उनले थपे, ‘बरु केपी ओलीका अपराधहरु के के हुन्? जति छन् त्यो तयार गरेर हामीले जनताको माझमा लैजानुपर्छ। भ्रष्टाचारसँग जोडिएका, राष्ट्रघातसँग जोडिएका, जनबिरोधी कामसँग जोडिएका, अनुचित कामसँग जोडिएका, कम्युनिष्टहरुको आचरणसँग मेल नै नखाने, आदर्शसँग मेल नै नखाने, त्यस्ता खालका। एउटा कुरा त हामीले बुझेका छौँ, केपी ओली झुटो बोल्न माहिर छन्। उनले जे पनि भनिदिन सक्छन्।’

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको आरोप लगाए। उनले आफूले त्यसको बिरोध गरेपछि अहिले अमेरिकाले इण्डोप्यासिफिकको अंग बन्ने कुरा काटेको बताए। अध्यक्ष नेपालले अध्यक्ष ओलीको विचारमा क्रान्तिकारीता नभएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादसँग ओली रहेको बताए।

अध्यक्ष नेपालले भने, ‘एमसीसीको कुरा गर्ने हो भने इण्डोप्यासिफिकको अंग हुने कुरा ल्याउने को हो? केपी ओली, उनको को मन्त्री प्रदीप ज्ञवाली, कुन मिति हेर्नुहोस्। हामीले डकुमेण्ट दिएका छौँ। त्यसको बिरोध गर्ने को? हामी। बिरोध गरिसकेपछि अमेरिकाले हिजो अंग भनेको थियो अहिले काट्यो। त्यही पनि केपी ओलीको कुरा ठूलो।’

अध्यक्ष नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजनसम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताए। उनले केपी ओली १४ वर्षसम्म जेल बसेको र १४ वर्षपछि केन्द्रीय कमिटीमा आएको भन्दै फुर्ती नदेखाउन चेतावनी दिए। अध्यक्ष नेपालले आफ्नो पार्टी सानो दुःखले आर्जेको पार्टी नभएको भन्दै आफ्नो पार्टीलाई हेपेको सहन नसक्ने बताए।

फरक प्रसंगमा अध्यक्ष नेपालले नेपालको नेपालको शिक्षा, स्वास्थ्य लगायतका धेरै क्षेत्रमा परिवर्तन आवश्यक रहेको बताए। उनले जनतालाई रोजगारी, सीप प्रदान गर्ने लगायतका नीति तर्जुमा गर्न आवश्यक रहेको पनि बताए।

Leave a comment

Your email address will not be published.