ह्वात्तै बढ्न थाल्यो पेट्रोलियम पदार्थको आयात, विदेशी मुद्रा सञ्चितिमा थप दबाब

चालू आर्थिक वर्षमा विदेशी मुद्रा सञ्चिति घटिरहेको छ। तर पनि नेपालमा आयात हुने प्रमुख वस्तु रहेको पेट्रोलियम पदार्थको आयात भने झनै वृद्धि हुँदै गइरहेको देखिएको छ।

फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार पेट्रोल, मट्टितेल, डिजेल, खाना पाकाउने एलपीजी ग्यासको आायत ह्वात्तै बढेको देखिएको हो।

वैदेशिक मुद्राको अवस्था हेर्दा असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कमी आई २०७८ माघ मसान्तमा ११ खर्ब ७३ अर्ब २ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.७ प्रतिशतले कमी आई १० खर्ब २४ अर्ब ६० करोड कायम भएको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ माघ मसान्तमा ३.९ प्रतिशतले कमी आई १ खर्ब ४८ अर्ब ४२ करोड कायम भएको छ।

२०७८ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ। सञ्चिति पर्याप्तता सूचक हेर्ने हो भने आर्थिक वर्ष २०७८÷७९ को ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

नेपाल राष्ट्र बैंकले माघ मसान्त सम्मको तथ्याङकलाई आधार मारेर विष्लेषण गर्दा सात महिनाको अन्तरमा नै १६ प्रतिशतले विदेशी मुद्रा घटिहरँदा यो गिर्दो दर अझै माथि जाने देखिएको छ।

फागुन महिनामा नेपालमा सबैभन्दा ठूलो रुपमा आयत हुने पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढेको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार पेट्रोल ३१ प्रतिशत, मट्टीतेल २६ प्रतिशत, डिजेल २८ प्रतिशत र खाना पकाउने एलपी ग्यास ११ प्रतिशतले आयात बढेको छ। यो माघ महिनाको तुलनामा बढेको दर हो।

फागुन एक महिनामा मात्रै डिजेल १४ अर्ब रुपैयाँबराबरको १ लाख ७७ हजार किलोलिटर आयात भएको छ। त्यस्तै पेट्रोल ६ अर्ब २९ करोड रुपैयाँ बराबरको ६४ हजार ९४ लाख किलोलिटर, मट्टितेल १४ करोड बराबरको १ हजार ५ सय किलोलिटर, खाना पकाउने एलपी ग्यास ५ अर्ब ९४ करोड रुपैयाँ बराबरको १ करोड २ लाख किलोग्राम आयात भएको छ।

Leave a comment

Your email address will not be published.