नेपाल र चीनबीच नौ बुँदे समझदारीपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच विभिन्न नौ बुँदे समझदारीपत्रमा शनिबार हस्ताक्षर भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा ती समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सिंहदरबारमा भएको प्रतिनिधिमण्डल स्तरको वार्तामा नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री यीको उपस्थितिमा नेपाल र चीनबीच समझादारीपत्रमा हस्ताक्षर भएको हो ।

आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस्तै, खोप हस्तान्तरण र मर्मत सम्भार र एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवम् घाँस निर्यातलगायत समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

समझदारीपत्रमा हस्ताक्षर हुनुअघि दुई मन्त्रीबीच द्विपक्षीय वार्ता भएको थियो ।

Leave a comment

Your email address will not be published.