अस्कर अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका विल स्मिथले स्टेजमा गएर होस्टलाई झापड हानेका छन् ।
समारोहका उद्घोषक क्रिस रकले आफ्नी श्रीमतीमाथि जोक गरेपछि स्मिथले मञ्चमै गएर उनको गालामा झापड हानेका हुन् ।
स्मिथले ‘किङ रिचार्ड’ बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाउनुअघि यो घटना भएको थियो । रकले स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको कपाल झर्ने समस्यालाई लिएर जोक बनाएका थिए ।
स्मिथको थप्पड खाएपश्चात उनले कुनै प्रतिवाद नगरी हाँसेर टारेका थिए । अवार्ड लिएपश्चात्को सम्बोधनमा स्मिथले क्षमायाचना गरेका छन् । उनले भने, ‘म एकेडेमीसँग माफी चाहन्छु ।
म आफ्ना सबै नाेमिनेटेड साथीहरूसँग पनि माफी चाहन्छु ।’ तर, उनले थप्पड हिर्काएका रककाे नाम भने माफी माग्ने क्रममा उच्चारण गरेनन् ।