यस्तो बन्यो अनमोल र सुहाना स्टारर् ‘ए मेरो हजुर–४’को टिजर

काठमाडौं । अनमोल केसी र सुहाना थापा स्टारर् ‘ए मेरो हजुर–४’को टिजर सार्वजनिक भएको छ । शुक्रबार बुढा सुब्बा डिजिटलमार्फत् झरना थापाको निर्देशनमा तयार भएको ‘ए मेरो हजुर–४’ फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

अनमोल र सुहानाको मुख्य भूमिका रहेको यस फिल्ममा सलोन बस्नेतको पनि अभिनय देख्न सकिन्छ । सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा झरना थापा र छेतेन गुरूङको कथा रहेको छ ।

त्यस्तै फिल्ममा झरना थापा, छेतेन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माको स्क्रीन प्ले र डाइलग रहेको छ ।

‘ए मेरो हजुर–२’मा शलिनमान बानियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका थियो । फिल्मले राम्रो कमाई गरेपछि झरना थापाले अनमोल र सुहानालाई लिएर ‘ए मेरो हजुर–३’ बनाएकी थिइन् ।

ए मेरो हजुरको तेस्रो सिरिजले पनि दर्शकहरुको राम्रो साथ पाएपछि झरना थापाले पुनः अनमोल र सुहानालाई नै लिएर ए मेरो हजुर–४ बनाएकी हुन् ।

Leave a comment

Your email address will not be published.