राेकिएन टिपर आतंक : दुवै छाेरी गुमाएका रोहन अस्पतालमा छटपटाउँदै

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका रोहन घिसिङका दुई छोरी थिए । वडाध्यक्ष राम मानन्धरका अनुसार सामान्य मजदुरी गर्ने रोहनको सपना थियो–छोरीहरूलाई सकेसम्म आमा–बुबाको जस्तो मजदुरी गरेर खानु नपरोस् । पढेलेखेर राम्रै जागिर गरुन् ।

बुढेसकालमा हामीलाई पनि हेरुन् । त्यसैले उनले मजदुरी गरेर भए पनि दुवै छोरीलाई नजिकै सरकारी स्कुल हुँँदाहुँदै पनि गोकर्णेश्वरस्थित वल्र्ड युथ इन्टरनेसनल बोर्डिङ स्कुलमा भर्ना गरे । घिसिङका आठ वर्षीया छोरी सृष्टि कक्षा २ र चार वर्षीया श्रेष्या नर्सरीमा पढ्थिन् ।

सुन्दरीजलमा टिपरले ठक्कर दिँदा विद्यालय जाँदै गरेका दिदीबहिनीकाे मृत्यु, बुबा घाइते

दुवै छोरीलाई बिहान खाना खाएर स्कुल छोड्न उनी आफ्नै मोटरसाइकलमा राखेर आठ बजे नै घरबाट निस्केका थिए । तर, बिडम्बना स्कुल नजिकैकाे मेलम्ची चोकमा उनले चलाएको मोटरसाइकलाई बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दियाे ।

आश्चर्यकाे कुरा उनी टिपरको पछि थिए । तर, अडागिबाट आएको अर्को टिफरलाई साइड दिन खोज्दा ब्याग गरेको टिपरले उनको मोटरसाइकलाई किच्दा दुवै छोरीको घटनास्थलमै मृत्यु भयाे । दुर्घटनामा रोहन गम्भीर घाइते भएका छन् ।

टिपरकाे ठक्करले दिदीबहिनीकाे मृत्युपछि सुन्दरीजल तनावग्रस्त, प्रहरीले हान्याे अश्रुग्यास

उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । घटनाको विरोधमा स्थानीयवासीले प्रदर्शन गरिरहेका छन् । स्थिति तनावग्रस्त छ । ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ । प्रहरीले चालक फरार भएका छन् ।

Leave a comment

Your email address will not be published.