आगामी चुनावमा दुई वटा गठबन्धन बन्दैछन् : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी चुनावमा दुई वटा गठबन्धन बन्ने बताएका छन् ।

बुधबार पार्टीले गैरआवासिय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले आगामी चुनावमा दुई वटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताए ।

सत्तारुढ दलहरूको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलीय गठबन्धन बन्न सक्ने खनालको भनाइ छ ।

हामी पाँच दलीय गठबन्धनमा छौँ । अब अर्को चार दलीय गठबन्धन बन्छ कि । त्यो खालको अवस्था छ र दुई वटा गठबन्धनको बीचमा नेपाली जनमत विभाजित हुने स्थिति छ,’ खनालले भने ।

संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ती पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै खनालले आगामी दिनमा पनि एकताबद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताए

गैरआवासीय नेपाली र नेपाली जनताको बीचमा प्राकृतिक सम्बन्ध रहेको खनालले बताए । आगामी दिनमा पनि सो सम्बन्धलाई गहिरो, आत्मीय र घनिष्ठ बनाउनुपर्नेमा उनको जोड थियो ।

Leave a comment

Your email address will not be published.