प्रहरी र सशस्त्रका जवानको पेन्सन अवधि १६ वर्ष कायम गर्न गृहको स्वीकृति

प्रहरी र सशस्त्रका जवानको पेन्सन अवधि १६ वर्ष कायम गर्न गृहको स्वीकृति

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवान र हवल्दारले १६ वर्षमै पेन्सन पाउने भएका छन् ।

प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयबाट दुवै संगठनमा कार्यरत प्रहरी जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष हुनुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइएको थियो ।

सोही प्रस्ताव गृह मन्त्रालयले स्वीकृत गरेर मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी गरेको हो । प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत भएपछि तल्लो दर्जाका प्रहरीले छिटो पेन्सन पाउनेछन् ।

प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मको भने १८ वर्षमा पेन्सनका लागि प्रस्ताव गरिएको छ । त्यसै गरी प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मका सबैको पेन्सन भने २० वर्षमै कायम हुनेछ ।

२६ चैत २०६० पछि प्रहरीमा भर्ना भएका प्रहरीले यो सुविधा पाउनेछन् । यो प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएमा दुवै प्रहरीको ऐन संशोधन प्रक्रिया अघि बढ्नेछ ।

Leave a comment

Your email address will not be published.