जग्गा प्लानिङ गर्न खनिएको ढिस्कोमा पुरिएर भक्तपुरमा २ जनाको मृत्यु

eQmk'/, !* r}t -/f;;_ M rfFu'gf/fo0f gu/kflnsf–( tfynLdf le/fnf] hUufdf rDdf >]i7 /fO{n] u/]sf] Knl6ªdf kvf{n nufpg] qmddf v;]sf] l9:sf]n] k'/]/ cfh d[To' ePsf %) jifL{o jif{dfg tfdfª / #@ jifL{o rt'/dfg tfdfª . tl:j/ M /d]z lu/L, /f;;

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर दुईजना मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँ पालिका–३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घरभई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

जग्गामा पर्खाल लगाउने क्रममा अचानक आएको ढिस्कोले पुर्दा शुक्रबार दिउँसो दुई जनाको मृत्यु भएको हो। चम्पा भन्नेको जग्गा प्लानिङ हो भन्ने सुन्नमा आए पनि खासमा कसको जग्गा प्लानिङ हो भन्नेबारेमा यकिन नआएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लामो समयदेखि जग्गाको कारोबार गर्दै आएकी चम्पा कुस्मा प्रहरीको उच्च अधिकारीको पत्नी भएको प्रहरीको दाबी छ। प्रहरीले शव छिटो लगेर घटनाको गम्भीररूपमा अनुसन्धान नगर्न खोजेको भन्दै स्थानीयले घट्नास्थलमै विरोध गरी शव लैजान रोक्न खोजेका थिए।

स्थानीय प्रत्यक्षदर्शीले भने भिरालो जग्गालाई सम्याएर पुरेको माटाको ढिस्को माथिबाट खसेर पर्खाल लगाउँदै गरेको मजदुर पुरिएको जानकारी दिएका छन्।

स्थानीय राजेन्द्र थापाले पर्खाल लगाउने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएपछि तीन ट्रक प्रहरी आएर शव लैजान खोज्दा स्थानीयले विरोध गरेको जानकारी दिए।

मजदुरको बिमा नभएको, जथाभावी प्लानिङ गरेर ज्यान गएको भन्दै उनीहरुले प्लानिङको स्वीकृति दिनेदेखि प्लानिङ गर्ने र पर्खालको ठेक्का लिने सबैको घट्नामा लापर्वाही भएको बताए।

घट्नास्थल पुगेका स्थानीयले सस्तोमा भिरको जग्गा किनेर डोजरले सम्याएर भिरमा गरिएको जग्गा प्लानिङले एकातिर दुई जनाको ज्यान गएको र यस्तो जग्गा किनेर घर बनाउने सयौँको ज्यान जोखिममा पर्ने सम्भावना रहेको भन्दै भिरपाखा मासेर जग्गा प्लानिङ गर्ने र स्वीकृत दिने निकायलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

प्रहरीले घट्ना दिउँसोको भए पनि राति करिब ८ बजे शवलाई परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको छ । घट्नाबारे विस्तृत अनुसन्धान भइरहेको प्रनाउ पाण्डेको भनाइ छ।

Leave a comment

Your email address will not be published.