दक्षिण भारतीय अभिनेता प्रभास सुटिङका क्रममा घाइते भएका छन्। फिल्म ‘सालार’को सुटिङ गर्ने क्रममा उनी घाइते भएका हुन्।
अस्पताल भर्ना गरिएका उनले घुँडाको ठूलो शल्यक्रिया पनि गराएका छन्।
योचाहिँ केही समयअघि साहो फिल्ममा फाइट सुटिङ गर्ने क्रममा लागेको चोट हो।
केही वर्षअघि नै शल्यक्रिया गर्नुपर्ने भए पनि व्यस्तताले अनि बीचमा कोरोनाले ढिला भएको हो।
ठूलो शल्यक्रिया भएकाले डाक्टरले प्रभासलाई कम्तीमा ३ महिना आराम गर्न सुझाव दिएका छन्।