उदयपुरको बेलका नगरपालिकामा-३ मा १५ वर्षीया किशोरीको शव फेला परेको छ ।
आज बिहान साढे चार बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी १५ वर्षीया किशोरीको शव फेला परेको इलाका प्रहरी कार्यालय बेलकाका प्रहरी निरीक्षक नवीन सिंहले जानकारी दिए ।
स्थानीय बासिन्दाले बिहान ७ बजे किशोरीको शव फेला परेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको उनले बताए ।
घरभन्दा झन्डै दुई किलोमिटर टाढा खोल्साको किनारमा शव भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
घरभन्दा झन्डै दुई किलोमिटर टाढा खोल्साको किनारमा शव भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
‘हामी घटनास्थलमै छौँ । हत्या गरेकाे जस्ताे देखिन्छ । थप अनुसन्धान भइरहेको छ’, उनले भने ।