अफ्रिकी मुलुक कंगोमा विद्रोहीको आक्रमणबाट मारिएका नेपाली शान्ति सैनिकको परिचय खुलेको छ।
नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी सुर्खेत गुर्भाकोट १४ का सिपाही अनिल गुरुङ मारिएका हुन्।
अपरेसन बाली’का क्रममा प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीलाई मंगलबार विद्रोही मिलिसियाले आक्रमण गर्दा घाइते भएका उनकाे उपचारका क्रममा निधन भएकाे हाे।
संयुक्त राष्ट्रसंघले पनि विज्ञप्ति जारी गरी एक जना नेपाली सैनिकको मृत्यु भएको पुष्टि गरेको छ। राष्ट्रसंघका महासचिवले शोक विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै ती नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।