बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ।
बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुनेगरी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन प्रयोग गर्दा लाग्ने भाडा बढाएको हो।
वृद्धि गरिएको भाडादरअनुसार वैशाख १ देखि यात्रुवाहक सवारीसाधनमा ५, १०, १५, २० र २० किलोमिटर भन्दा बढीको यात्रा गर्दा क्रमशः २०, २५, ३०, ३३ र ३८ रुपैयाँ लाग्नेछ।
यस्तै ट्याक्सीको भाडा पनि बढाइएको छ।
बागमती प्रदेश सरकारले जारी गरेको सूचनाअनुसार पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीमा सुरु फ्लाग डाउनमा रु. ५० कायम गरिएको छ। यस्तै प्रति दुई सय मिटरको १० रुपैयाँ, प्रतीक्षा शुल्कको विषयमा प्रतिमिनेट २० रुपैया, राति ९ बजेदेखि बिहान ४ बजेसम्म प्रति दुई सय मिटरको १५ रुपैयाँ भाडा कायम गरिएको छ।
अन्य गाडी भाडादर तलको सूचीमै हेर्नुहोस्–