नेपाल प्रहरी अस्पताललाई २ करोड प्रदान

नेपाल प्रहरी अस्पताललाई २ करोड रुपैयाँ प्रदान गरिएको छ।

पूर्व प्रहरी तथा बहालवाला प्रहरीका परिवारको उपचारका लागि उक्त रकम प्रदान गरिएको हो।

प्रहरी कल्याणकारी कोषले अस्पताललाई प्रदान गरेको उक्त रकम बराबरको चेक प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अस्पतालकी निर्देशक एआईजी आशा सिंहलाई प्रधान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आइतबार आयोजित नेपाल प्रहरी अस्पताल महाराजगन्जको ३८ औं वार्षिकोत्सवकै अवसरमा उक्त रकम प्रदान गरिएको हो।

महानिरीक्षक थापाले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतीक्षालयको उद्घाटन पनि गरेका छन्। अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७८’ र नेपाल मेडिकल जर्नलको समेत लोकार्पण गरेका छन्।

अस्पतालको सेवा २५ वर्ष सेवा गरेका प्रहरी कर्मचारीहरुलाई कदरपत्र प्रदान गरिएको छ।

भिजिटिङ कन्सलटेन्ट डा. विकल घिमिरे तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्ज र संघ संस्थालाई प्रशंसापत्र एवम् कार्य सम्पादन र सेवा प्रवाहको आधारमा उत्कृष्ट विभाग अन्तर्गत अर्थोपेडिक विभागलाई शिल्ड तथा प्रशंसापत्र र अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत प्रदान गरिएको छ।

Leave a comment

Your email address will not be published.