ओखलढुंगामा जीप दुर्घटना, दुईजना प्रहरीको ज्यान गयो

ओखलढुंगामा एउटा जीप दुर्घटना हुँदा दुईजना प्रहरीको ज्यान गएको छ। सोलुखुम्बुबाट ओखलढुंगातिर गइरहेको जीप हर्कपुरमा बुधबार दुर्घटना भएको हो।

जीप बिहान ९ : ४० बजे हर्कपुरको भडारे खोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा एकजना प्रहरी हवलदार र एक जना जवानको मृत्यु भएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशी रहेका छन्।

जीपमा ९ जना प्रहरी सवार थिए। क्षतिको विस्तृत विवरण आइनसकेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए।

दुर्घटनामा घाइतेहरुको घुर्मीमा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई थप उपचार गर्न काठमाडौं लैजान हेलिकप्टर मगाइएको छ।

प्रहरीका अनुसार अहिले उद्धार कार्य जारी छ। घटनास्थलमा ओखलढुंगाका प्रहरी नायव उपरीक्षकसहितको टोली पुगेको छ। थप विवरण आउन बाँकी छ।

Leave a comment

Your email address will not be published.