कलाकार दीपाश्री निरौलाले सहकर्मी दीपकराज गिरीलाई जन्मदिनको शुभकामना दिएकी छन्।
आज नयाँ वर्ष २०७९ को शभुकामनासमेत दिँदै दीपाले कवितात्मक शैलीमा दीपकको प्रशंसा गरेकी छन्।
यस्तो छ दीपाले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेको स्टाटस–
कला र कलाकारिताको पुजारी दीपक
जे हो त्यही सत्य बोल्ने दीपक
साथीभाइका लागि अभिभावक दीपक
परिवारका लागि अभिभावक दीपक
नामजस्तै उज्यालो छर्ने दीपक
तेतीसकोटी भगवान् र दर्शकको साथ होस् दीपक
जन्मदिनको शुभकामना प्यारो साथी दीपक
नयाँ वर्ष २०७९ को शुभकामना दीपक