अन्ततः बलिउड अभिनेता रणबीर कपुर र आलिया भट्ट बैबाहिक जिवनमा बाँधिए, बधाई दिनेको ओईरो

बलिउड जगतको कपूर परिवारमा एउटा सुन्दर अनुहारको प्रवेश भएको छ । बलिउड अभिनेत्री आलिया भट्ट अब मिसेस रणवीर कपुर बनेकी छिन् । अप्रिल १४ मा परिवारका सदस्यहरूको उपस्थितिमा रणवीर कपूर र आलिया भट्टले वास्तुु मा संगै मर्ने संगै जिउने कसम खाएका छन् । उनीहरु श्रीमान श्रीमती बनेका छन् । बलिउडको यो क्युट जोडी एक अर्काको बनेको छ ।

फ्यान र सेलिब्रेटीहरूले रणवीर(आलियालाई नयाँ जीवनको लागि बधाई दिइरहेका छन्। योसँगै नवविवाहित जोडीको पहिलो तस्बिर पनि सार्वजनिक भएको छ । रणवीर कपूर र आलिया भट्ट दुलहा र दुलहीको पहिरनमा परफेक्ट जोडी जस्तै देखिन्छन्। उनीहरुको जोडीको जति तारिफ गरे पनि कम छ । यसअघि पनि तपाईंले रणवीर र आलियालाई सँगै देख्नुभएको होला तर यस्तो कहिल्यै देखिएको थिएन ।

विवाहित जोडीको रुपमा रणवीर र आलियाको यो पहिलो झलक देखेर एउटै कुरा दिमागमा आउँछ, यो प्यारो जोडीलाई कसैको नजर नलागोस् । रणवीर कपुर र आलिया भट्टको एउटा भिडियो सार्वजनिक भएको छ जसमा नवविवाहित जोडीको टेरेसमा फोटोसुट भइरहेको छ । भिडियोमा आलियाको सावरियाले उनलाई किस गरिरहेका छन् । आलियाले पेस्टेल कलरको लेहेंगा लगाएकी छिन् ।

उनको कपाल अन्य बलिउड दुलही भन्दा फरक छ। रणवीर कपुर र आलिया भट्टको विवाहका यी तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । रणवीर र आलिया एक अर्काका लागि बनेको देखिन्छ ।

ब्राइडल लुकमा आलिया भट्टले तहल्का मच्चाइरहेकी छिन् । उता रणवीर कपुर पनि कम सुन्दर देखिदैनन् । तस्विरमा रणवीर–आलियाको केमेस्ट्री बलियो देखिन्छ । रणधीर कपूरले पनि रणवीर(आलियाको विवाह सम्पूर्ण कपूर परिवारका लागि भावनात्मक क्षण भएको बताएका थिए ।

आज ऋषि कपूरलाई सबैले धेरै मिस गरिरहेका छन् । ऋषि कपुरको चाहना छोराको बिहे हेर्ने थियो । तर त्यो भने पुरा हुन सकेन् । रणवीर र आलियाको यो विवाह साधारण र गोप्य राखिएको थियो । १३ अप्रिलमा रणवीर(आलियाको मेहन्दी राखिएको थियो, त्यसपछि १४ अप्रिल अर्थात आज हल्दी लगाएर बिहेको बाँकी विधी सम्पन्न भएको हो । मिस्टर एन्ड मिसेस कपूर सामाजिक सञ्जालमा चर्चामा छन्।

Leave a comment

Your email address will not be published.