सत्ता गठबन्धन : सहमति नजुटेपछि बालुवाटारमै आन्तरिक छलफलमा दलहरु

सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक सहमतिको खाका नबन्दा ढिला भएको छ।

यो बैठकमा ११ वटा उपमहानगरपालिका भागवण्डा गर्ने तयारी थियो।

लामो रस्साकस्सीपछि महानगरपालिकाको भागवण्डा टुंग्याएको सत्तारुढ गठबन्धनभित्र कुन उपमहानगर कुन दलले लिनेबारे शीर्ष नेताहरु छलफल गरिरहेका छन्।

यसअघि गएराति अबेरसम्म नेताहरु बालुवाटारमा छलफलमै थिए।

स्रोतका अनुसार बालुवाटारमा विभिन्न चरणवद्ध छलफल भइरहेका छन्। ‘बैठक रोकिँदै चल्दै गरेको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘सहमति जुटाउन एकपक्षीय द्विपक्षी र बहुपक्षीय बैठक चलिरहेको छ।’

सत्ता गठबन्धनभित्र महानगरको भागबन्डा मिलिसकेको छ।

काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई, पोखरा एकीकृत समाजवादीलाई, वीरगञ्ज जसपालाई र भरतपुर नेकपा माओवादी केन्द्रले लिने गरी सहमति भएको हो।

Leave a comment

Your email address will not be published.