एमालेको मस्तिष्क कम्प्युटरजस्तो, मसल्स खलिफाभन्दा बढ्ता : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध एक्लै लड्न नसक्ने भएपछि ‘प्रतिक्रियावादी शक्तिहरू’ मिलेको टिप्पणी गरेका छन् ।

‘हाम्राविरुद्ध प्रतिक्रियावादी शक्तिहरू किन मिल्नुपर्‍यो ?’ स्थानीय चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा ओलीले भने ।

एमालेले शक्तिशाली शक्तिका रूपमा अर्थ्याउँदै ओलीले सोहीकारण पाँच दलले गठबन्धन बनाएर एमालेमाथि जाइलागेको टिप्पणी गरे ।

तपाईंहरूले युट्युब-सुट्युबमा हेर्नुभयो भने बाख्रा खानुपर्‍यो भने बाघ सिंह केही पनि हुल कसेर आउँदैन । एउटा अर्नामाथि, एउटा जंगली भैँसीमाथि उसले हमला गर्नुपर्‍यो भने एक्लै गाह्रो हुन्छ । त्यसो भएपछि साथी खोजेर हुल लिएर आउँछ । किनभने ठूलो जनावरलाई एक्लै सकिँदै रैनछ नि ।’

उनले एमाले ठूलो शक्ति भएको पुनः दोहोर्‍याए । ‘एमाले सानो भए त सिद्याइहाल्थे नि,’ ओलीले भने, ‘एमालेको मस्तिष्क हेर्छन् कम्युटरजस्तो लाग्छ उहाँहरूलाई, एमालेका मसल्स हेर्छन् खलिफाभन्दा बढ्ता ।’

Leave a comment

Your email address will not be published.