मेयरको टिकट नपाएपछि ६ दिनमै एमाले छाडे जानकीरामले

मेयरको टिकट नपाएपछि ६ दिनमै एमाले छाडे जानकीरामले

नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकामा मेयरको टिकट नपाएपछि ६ दिनअघि प्रवेश गरेका जानकी राम साहले फेरि पार्टी छाडेका छन्।

उनी ६ दिन अघि लोकतान्त्रिक समाजवादी पार्टी छाडेर टिकटका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टीका थापेर पार्टी प्रवेश गरेका थिए।

तर, एमालेले जनकपुरको मेयरमा शिवशंकर साह ‘हिरा’लाई उम्मेदवार बनाएपछि साहले सोमबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

उनले सोमबार दिउँसो १ बजे स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। उनी वडा नं. ७ बाट गत चुनावमा निर्वाचित भएका थिए ।

Leave a comment

Your email address will not be published.