कक्षा १२ को परीक्षा समय परिवर्तनः अब ८ बजेदेखि ११ बजेसम्म
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ।
कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो।
आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिने कक्षा १२ को वार्षिक परीक्षाको समय तालिकामा परीक्षा सञ्चालनको समय बिहान ११ बजेदेखि २ बजेसम्म हुने गरी तालिका निर्धारण गरेको थियो ।
सरोकारवालाले बोर्डलाई समय परिवर्तन गर्न अनुरोध गरेपछि बोर्डको बैठकले समय परिवर्तन गर्ने निर्णय गरेको एक सूचना प्रकाशित गरी जानकारी दिएको छ ।