सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबीच झडप, स्थिति तनावग्रस्त

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रका दुई पक्षबीच झडप भएको छ।

माओवादी केन्द्रका दुई पक्षबीच झडप भएपछि अहिले प्रहरी तैनाथी बढाइएको हो।

पार्टीबाट टिकट पाउने र नपाउनेबीच उम्मेदवारी दर्ता गर्न जाने क्रममा झडप भएको हो।

सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतका अनुसार टिकट नपाउने पक्षले पाउने पक्षलाई आक्रमण गरेपछि स्थिति तनावग्रस्त भएको थियो।

अवस्था तनावग्रस्त भएपछि प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो। अहिले अवस्था सामान्य भएको बस्नेतले नेपालखबरलाई जानकारी दिए।

Leave a comment

Your email address will not be published.