राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईप्रति व्यंग्यात्मक शैलीमा घोचपेच गरेका छन्।
स्थानीय तह निर्वाचन लक्षित भट्टराईको ट्विटलाई रि–ट्विटसहित जवाफ दिँदै उनले व्यंग्यात्मक शैलीमा घोचपेच गरेका हुन्।
भट्टराईले निर्वाचनका लागि पार्टीले तयार पारेको गीतको भिडियो ट्विटरमा अपलोड गर्दै जसपाको चुनाव चिन्ह छातामा मतदान गर्न आग्रह गरेका छन्।
छातामा भोट हालौँ साथी हो। जसपाको चुनावी गीत सुनौँ र भोट हालौँ,’ उनले लेखेका छन्।
जवाफमा राप्रपा नेपालका अध्यक्ष थापाले भनेका छन्, ‘गीत सुनेको भरमा कसरी भोट हाल्नु र प्रिय मित्र।’